पाकिस्तानमा तालिबानले बम उडाएको बुद्धको प्रतिमा पुरानै स्वरुपमा फर्काइयो

 असार २८, २०७५ बिहीबार १९:३७:४९ | एजेन्सी

पाकिस्तानको स्वात उपत्यकामा तालिबानद्वारा गराइएको विस्फोटमा परि आंशिक क्षति भएको भगवान बुद्धको प्रतिमालाई पुरानै स्वरुपमा फकाइएको छ ।

स्थानीय नागरिक मिलेर आतंकवादी संगठन तेहरिक–ए–तालिबानले क्षति पुर्याएको बुद्धको प्रतिमालाई पुनः स्थापित गरेका हुन् । 

सन् २००७ मा २२ सय वर्ष पुरानो बुद्धको प्रतिमा बमले उडाउने प्रयास गरिएको थियो । विस्फोटबाट प्रतिमाको शीरमा क्षति पुगेको थियो । यसलाई सन् २०१२ देखि फेरि बनाउन सुरु गरिएको हो । प्रतिमाको पुनर्निमाणका लागि इटाली सरकाले २५ लाख युरो सहयोग गरेको थियो  । प्रतिमालाई पुरानै स्वरुपमा फर्काउन स्थानीयले पनि सक्दो सहयोग गरे । 

चट्टानमा कुँदेर बनाइएको प्रतिमा पुरानै स्वरुपमा फर्किएपछि बौद्ध धर्मका विशेषज्ञ परवेश शाहीन भन्छन्, ‘जब यो विस्फोट गराइएको थियो मलाई कसैले मेरो बुवाकै हत्या गरेझैँ महसुस भएको थियो । यो प्रतिमा शान्ति, प्रेम र भाइचाराको निशानी हो । हामी कुनै पनि धर्मको अपमान र घृणा गर्दैनौँ ।’

तालिबानले प्रतिमालाई पूर्ण रुपमा नष्ट गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनीहरुले प्रतिमामाथि चढेरै डायनामाइट विस्फोट गराएका थिए । तर प्रतिमामा आशिंक क्षति मात्रै भएको थियो ।

चरम हिंसात्मक वातावरणबाट गुज्रिरहेको पाकिस्तानमा शान्तिका प्रतिक गौतम बुद्धबाट प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया