काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - गृह मन्त्रालयले बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रभाव पर्न थालेपछि बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सरोकारवालासमेतको बैठकले वर्षाको पूर्वसूचना सम्प्रेषण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जल तथा मौसम विज्ञान विभागलगायतका निकायलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ ।
बैठकले विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणको कार्यमा मूल प्रवाहीकरण गर्न र विपद्को प्रभावकारी प्रतिकार्य गर्न÷गराउन प्रमुख जिल्ला अधिकारीले जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसार विपद् व्यवस्थापनमैत्री स्थानीय प्रशासन सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलकोे जनशक्ति र स्रोतसाधन, स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि तथा चिकित्सक टोली तम्तयार राख्नेसमेत बैठकले निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीनसहित विभिन्न जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि १० हजार रुपैयाँका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय भएको उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।