पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट स्थापना भएकोे छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार एक कार्यक्रमका बीच स्विच थिचेर अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । अस्पतालमा अत्याधिक रुपमा आवश्यक रहेको अक्सिजन अब जुम्लाबाटै उत्पादन शुरु भएकोले प्रतिष्ठानको गतिमा अर्को ईटा थपिएको बताईएको छ ।
उद्घाटनका क्रममा मन्त्री तथा प्रतिष्ठानका पहल समितिका संयोजक भण्डारीले प्रतिष्ठानले अब अक्सिजन आयात गर्ने दिनको अन्त्य भएको र निर्यातको दिन सुरु भएको बताउनुभयो ।
उहाँले अब कर्णाली प्रतिष्ठानले अक्सिजन आपूर्तिका साथै कर्णाली प्रदेशभर निर्यात गर्ने बताउँदै अक्सिजन प्लान्टसँगै थुप्रै संरचनाहरु र पूर्वाधारहरु तयार भइसकेकाले प्रतिष्ठान लक्ष्य अनुसार अघि बढेको बताउनुभयाे।
अब प्रतिष्ठानको प्रत्येक बेडमा अक्सिजन
प्रतिष्ठानका हरेक बिरामीको बेडमा अक्सिजन जडान गरिएकाे प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानले मन्त्री भण्डारीसमक्ष आफ्ना गतिविधिको बारेमा जानकारी गराएको छ । प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा प्रतिष्ठानको स्थापित ऐन २०६८ अनुसार १३ जिल्ला र १५ अस्पतालमा सेवा शुरुवात गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७५-०७६ मा ५४ हजार बिरामीको सेवा गरिएको जानकारी गर्नुभयो । उहाँले कर्णाली प्रदेशका १० जिल्ला र बजाङ, बाजुरामा आवश्यकता अनुसार विशेषज्ञ सेवा दिइरहेको बताउनुभयो ।
प्रतिष्ठानमा अहिले विशेषज्ञ सेवाहरुसहित आधुनिक ब्लड बैंक, प्रयोगशाला, आफ्नै फार्मेसी सुरु भइसकेका छन् । यसैगरी अक्सिजन प्लान्टसहित सीटी स्क्यानसमेत सुचारु भएको प्रतिष्ठानले जनाएको छ ।
डक्टरी पढाइको तयारी तीव्र
यसैगरी कर्णाली प्रतिष्ठानमा डक्टरी पढाइकाे तयारी तीव्र गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एमडीजीपी चाँडै सुरु गर्न नेपाल मेडिकल काउन्सिलले कानुनी प्रावधानको बाटो खाेलिसकेको प्रतिष्ठानका अस्पताल निर्देशक गोसाईँले बताउनुभयो । उहाँले अब एमबीबीएसको तयारीमा प्रतिष्ठानको गृहकार्य रहेको जानकारी दिनुभयो ।
यसैगरी अहिले प्रतिष्ठानमा एचए, स्टाफ नर्स, बीपीएच, बीएन्, मिडवाइफ्री लगायतका विभिन्न विधाका स्वास्थ्य शिक्षाहरु अध्यापन भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।