माछा मार्ने क्रममा नदीमा डुबेर दुई युवकको ज्यान गयो

 भदौ २१, २०७६ शनिबार १०:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – माछा मार्ने क्रममा डुबेर दाङमा दुई जना युवकको ज्यान गएको छ ।

सल्यान कपुरकोटगाउँपालिका वडा नम्बर ५ घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर८ कटकुइयामा बंगुरपालन व्यावसाय गर्दै आइरहेका २० वर्षीय अर्जुन बढा र ओखलढुङ्गा घर भइ सल्यानको कपुरकोट ससुराली घर बस्दै आएका २६ वर्षीय मिलन लामाको ज्यान गएको हो ।

शुक्रबार राति तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया