कर्णालीमा रक्सी पिउनका लागि निश्चित ठाउँ र समय तोकिने

 भदौ २३, २०७६ सोमबार १८:३०:२१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली प्रदेश सरकारले रक्सी पिउनेलाई सीमा निर्धारण गर्ने योजना बनाएको छ ।

रक्सीले नै हिंसा बढाएकोले बिक्री गर्ने ठाउँ, व्यक्ति र कार्डको व्यवस्थापन गरेर रक्सी नियन्त्रण अभियान गर्ने कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

उहाँले अब दर्ता नभइ रक्सी उत्पादन गर्न नदिने तथा  प्रयोग स्थान र समयसीमा निर्धारण गर्ने बताउनुभयाे । यसअघि प्रदेश प्रहरी प्रमुख पूर्णचन्द्र जोसीले समेत रक्सी नियन्त्रण अभियान तीव्र पार्ने बताउनुभएको थियो ।

प्रदेश सरकारले यसका लागि कानुन बनाउने मन्त्री भण्डारीको भनाइ छ । होटेलमा रक्सी तथा लागुऔषध सेवन गर्ने कार्य बढेको उल्लेख गर्दै होटेलमा बस्ने हरेक व्यक्तिको पहिचानसहितको तीन पुस्ते विवरण र फोन नम्बर अनिवार्य राख्नुपर्ने, रक्सी बिक्री गर्नका लागि निश्चित स्थान र पिउनका लागि निश्चित समय तोक्ने जस्ता व्यवस्था भएमा हिंसा नहुने उहाँको भनाइ छ ।

मन्त्री भण्डारीले कर्णालीमा लागुऔषध प्रयोगकर्ता र ओसारपसारकर्ता बढेको प्रहरीको तथ्यांक रहेकाले अब निर्मूल गर्न कर्णाली प्रदेश सरकार लागिपरेको बताउनुभयो । सडक सञ्जाल जोडिएको जिल्लामा यसको कारोबार बढेको कर्णाली प्रदेश प्रहरी प्रमुख जोशीले बताउनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया