पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला - पातारासी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय खालाढिकमा स्थानीय फुर्केसल्ला सामुदायिक वनले ५ जना शिक्षककाे मासिक तलब ब्यहाेरेकाे छ ।
सामुदायिक वनले शिक्षककाे तलब ब्यहाेरेपछि स्थानीयले पनि विद्यालय सञ्चालन गर्न ठूलो सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बासुदेव यादबले जानकारी दिनुभयो । उहाँका अनुसार फुर्केसल्ला सामुदायिक वनले मासिक ८५ हजार रुपैयाँ सहयोग गरेको छ । ३ शिक्षककाे तलबमा १५ हजार र दुई जनाकाे लागि २० हजार रुपैयाँ सहयोग गरिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।
विद्यालयमा ४ जना प्रावि र एक जना राहतको शिक्षककाे दरबन्दी रहेको छ । शिक्षा विकास समन्वय इकाइले एक जना माध्यमिक शिक्षक सहयोग गरेको र माध्यमिक तहका अन्य शिक्षक सामुदायिक वन उपभोक्ता समितिले सहयोग गरेको विद्यालयले जनाएको छ ।
फुर्केसल्ला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पूर्णसिंह बाेहराले शिक्षा क्षेत्रमा पहिलो प्रथामिकताका साथ लगानी गरिएको बताउनुभयो । उहाँले सामुदायिक वनले शिक्षामा गरेको लगानीले गाउँमै माध्यमिक विद्यालय सञ्चालन भएकाेले अलि सजिलो भएको बताउनुभयो ।
फुर्केसल्ला बाहेक जुम्लाका धेरै सामुदादिक वनले शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छन् । यहाँको गाडापानी सामुदायिक वनले ७० हजार रुपैयाँ बराबरको काठ विद्यालय भवन बनाउन सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।