नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
दाङ - डेंगीकाे संक्रमणले दाङको दंगीशरण गाउँपालिका-१, फुर्केसल्ली मलैकी २१ वर्षीया प्रतीक्षा बुढाको ज्यान गएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको मृतकका मामा अमर बुढाले जानकारी दिनुभयो।
दाङको तुलसीपुरमा उपचार सम्भव नभएपछि भदौ ७ गते उपचारका लागि नेपालगञ्ज लगिएको थियो । अहिलेसम्म दाङमा १८ महिला र २४ पुरुष गरी ४२ जनामा डेंगीकाे संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
याेसहित डेंगीकाे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७ पुगेकाे छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।