कोहली विश्वकै नम्बर एक ब्याट्सम्यान त हुन् तर स्टिभ नखेलेकाले मात्रै : रिकी पोन्टिङ

 असार २९, २०७५ शुक्रबार १९:४६:३ | एजेन्सी
unn.prixa.net

भारतीय तथा अष्ट्रेलियन क्रिकेटरबीचको प्रतिस्पर्धा त सबैलाई थाहा छ । कुनै पनि ठूला श्रृङ्खला सुरु हुनुपूर्व दुवै देशका दिग्गज खेलाडी एक अर्काप्रति कठोर आलोचनामा उत्रिन्छन् । 

इंग्ल्याण्डसँग जारी श्रृङ्खलाका बीच अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले भारतीय कप्तान विराट कोहलीका बारेमा बोलेका छन् । हरेक खेलमा नयाँ कीर्तिमान कायम गरिरहेका विराट कोहली रिकी पोन्टिङका लागि अहिलेका सर्वश्रेष्ठ खेलाडी त हुन् तर स्टिभ स्मिथ नखेलाकाले मात्र । पोन्टिङलाई विश्वका एक नम्बर ब्याट्सम्यान को हुन् भनेर सोधिएको थियो । उनको जवाफ थियो, ‘अहिले त कोहली नै हुन् । किनकि स्टिभ स्मिथ खेलेका छैनन् ।’

पोन्टिङले च्यानल सेभेनसँगको एउटा कार्यक्रममा भने, ‘अहिले स्टिभ खेलिरहेका भए मेरा लागि उनी नै नम्बर एक खेलाडी हुन्थे । अष्ट्रेलियाका कैयौँ जित तथा खासगरी एसेजमा उनले शानदार प्रदर्शन गरेका थिए । त्यसैले उनी कोहलीभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् । यही कारणले पनि स्टिभप्रति मेरो ठूलो सम्मान रहेको छ ।’

विराट कोहलीको कप्तानीमा टिम इन्डियाले ५० मध्ये ३९ खेलमा जित हात पारेको छ । यस विषयमा कोहली वेष्ट इन्डिजका पूर्व कप्तान क्लाइभ  लोयड तथा पोन्टिङसँगै संयुक्त रुपमा एक नम्बरमा रहेका छन् । विराट कोहलीकै नेतृत्वमा इन्डियाले लगातार ६ वटा टी–२० श्रृङ्खलामा जित हात पारेको छ । 

अर्कोतर्फ अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ बल बिगारेको आरोपमा एक वर्षको प्रतिबन्धमा रहेका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचमा स्मिथसँगै क्यामरन बेनक्रफ्ट तथा उपकप्तान डेभिड वार्नर पनि दोषी पाइएका थिए । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया