कीर्तिमानी खेलमा जोन इस्नरलाई हराउँदै केभिन एन्डरसन विम्बल्डन टेनिसको फाइनलमा

 असार ३०, २०७५ शनिबार ६:२६:४७ | एजेन्सी
unn.prixa.net

कीर्तिमानी म्याराथोन खेलमा अमेरीकी खेलाडी जोन इस्नरलाई हराउँदै दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसन विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन ।

अल इंग्ल्याण्ड क्लबमा भएको खेलमा विम्बल्डनको इतिहासमा दोस्रो लामो खेलमा एन्डरसनले इस्नरलाई तीन दुईको प्रतिस्प्र्धात्मक सेटमा हराए । पाँच सेटसम्म चलेको खेलमा चार सेट टाइब्रेकरमा पुगेका थिए ।

यतिमात्र होइन अन्तिम सेट ५० सम्म पुगेको थियो । ६ घण्टा ३५ मिनेटसम्म चलेको खेलको अन्तिम सेटमात्र दुई घण्टा ५० मिनेटसम्म पुगेको थियो । जसमा ३२ वर्षीय एन्डसरले पहिलो सेट ७–६ ले जित्दा दोस्रो सेट ६–७ ले गुमाए ।


टेनिसको इतिहासमा अहिलेसम्मको सबै भन्दा लामो खेल ११ घण्टा ५ मिनेटसम्म चलेको छ । जुन २०१० को विम्बल्डनमा इस्नर र फ्रान्सका निकोलस महुत बीच भएको थियो । यस्तै तेस्रो सेट पुन: ६–७ ले गुमाएका एन्डरसले चौथो सेट ६–४ ले आफ्नो पक्षमा पारे । पाँचौ तथा अन्तिम सेट भने २६–२४ ले जित्दै कीर्तिमानी खेलबाट फाइनलमा पुगे ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया