थाइल्याण्ड टाइगर टेम्पल: स्थानान्तरणका कारण आधाभन्दा बढी बाघ मृत भेटिए

 असोज १, २०७६ बुधबार १३:५७:२८ | एजेन्सी

थाइल्याण्डको विवादास्पद थाई बौद्ध मन्दिरबाट तीन वर्षअघि उद्धार गरिएका एक सय ४७ बाघमध्ये आधाभन्दा बढी मरेको अधिकारीहरुले जनाएका छन् । 

वाट फा लुङ टा बुआ मन्दिरबाट सन् २०१६ मा पर्यटकीय स्थल 'टाइगर टेम्पल' मा ल्याइएकामध्ये ८६ ओटा बाघ मरेका हुन् । स्थानान्तरणको कारणले कमजोर भएका ती बाघहरु भाइरसको कारणले मरेको थाइल्याण्ड पार्क क्षेत्रले जनाएको छ । 

अधिकारीहरुले समूहमा प्रजननसँग सम्बन्धित आनुवंशिक समस्याहरुले गर्दा पनि बाघहरु मरेको दावी गरेका छन् । तर संरक्षणविद्हरुले भने अधिकारीहरुले बाघलाई सुरक्षित अवस्थामा नियन्त्रणमा लिएका थिए कि थिएनन् भनेर प्रश्न उठाएका छन् । 

मन्दिरका भिक्षुहरुले जनावरको दुरुपयोग, तस्करी र अवैध प्रजनन गरेको आरोपलाई नकारेका छन् तर बाघ पनि उनीहरुकै संरक्षणमा थिए । मन्दिर जनताका लागि सन् २०१६ देखि बन्द गरिएको छ । 

सन् २०१६ मा प्रहरीले बाघ रहेको क्षेत्रमा छापा मार्दा ४० बाघका डमरु मन्दिरको किचनमा रहेको भान्साको फ्रिजरमा अन्य जनावरको शरीरको भागसँगै भेटिएको थियो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया