काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
दोश्रो पालीमा बलर चम्किएपछि श्रीलंकाले पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकालाई २ सय ७८ रनले हराएको छ ।
३ सय ५२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई दोश्रो पालीमा ७३ रनमा अलआउट गर्दै श्रीलंकाले श्रृखलामा १ शून्यको अग्रता लिएको हो । दक्षिण अफ्रिकाका ८ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न नसकेको दोश्रो पालीमा सबैभन्दा धेरै भेर्लोन फिलाण्डरले नटआउट २२ रन बनाए ।
श्रीलंकाका दिलरुवान परेराले ६ तथा र रंगना हेराथले ३ विकेट लिएपछि दक्षिण अफ्रिकाका ब्याट्स्म्यान लगातारजसो पेविलियन फर्केका थिए । । १४ ओभर बलिङ गरेका परेराले ४ मेडन राख्दै मात्र ३२ रन दिएर ६ विकेट लिए भने ३ विकेट लिन हेराथले १४ ओभरमा ४ मेडनसहित ३८ रन दिए ।
एक विकेट लक्षण सान्दाकानले लिए । पहिलो पालीमा २ सय ८७ रन बनाएको श्रीलंकाले दोश्रो पालीमा १ सय ९० रन बनाएको थियो । दक्षिण अफ्रिका पहिलो पालीमा १ सय २६ रनमै अलआउट भएको थियो । श्रीलंका र दक्षिण अफ्रिकाले दुई टेष्ट, पाँच एकदिवसीय र १ ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।