‘पाकिस्तानको कब्जामा रहेको कश्मीर’ का लागि नेहरु जिम्मेवार : भारतीय गृह मन्त्री शाह

 असोज ६, २०७६ सोमबार १९:५:३ | एजेन्सी
unn.prixa.net

भारतीय गृह मन्त्री अमित शाहले कश्मीरलाई भारतमा एकीकरण नगरिएको सम्बन्धमा पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुलाई जिम्मेवार ठहराएका छन् । 

आउँदो महिना हुन लागेको विधानसभा चुनावअघि महाराष्ट्रमा एउटा र्‍यालीलाई सम्बोधन गर्दै गृहमन्त्री शाहले भने, ‘यदि नेहरुले पाकिस्तानसँग संघर्ष विरामको घोषणा नगरेको भए यो अस्तित्वमा नै हुने थिएन ।’

शाहले कश्मीरलाई भारतमा एकीकरण नगरिएको सम्बन्धमा नेहरुको आलोचना गर्दै भने, ‘यस मुद्दालाई नेहरुको बदलामा देशका पहिलो गृहमन्त्री सरदार वल्लभभाइ पटेलले आफ्नो हातमा लिनुपर्ने थियो ।’ 

जम्मू–कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० को प्रायजसो प्रावधान समाप्त गर्ने केन्द्र सरकारको फैसलापछि विधानसभा चुनावको एक र्‍यालीलाई सम्बोधन गर्दै शाहले भने, ‘कांग्रेस धारा ३७० समाप्तको पछि राजनीति देख्छ तर भारतीय जनता पार्टी (भाजपा) यसरी सोच्दैन ।’

‘धारा ३७० समाप्त भएपछि कश्मीरमा एउटा गोली पनि चलेको छैन । कश्मीरमा कुनै अशान्ति छैन र आउँदा दिनमा आतंकवाद समाप्त हुनेछ’, शाहले भने । 

कसैको पनि नाम नलिइकन शाहले कश्मीरमा शासन गर्ने तीन वंशले भ्रष्टाचार विरोधी ब्यूरो स्थापना गर्न नदिएको बताए । उनले भने, ‘कश्मीरमा जो मानिसहरु भ्रष्टाचारमा लिप्त छन्, उनीहरुको चिसोमा पनि पसिना छुटिरहेको छ ।’

मन्त्री शाहले महाराष्ट्रको आगामी विधानसभा चुनावमा देवेन्द्र फडणवीस दोस्रो पटक महाराष्ट्रको मुख्यमन्त्री बन्ने बताए । राज्यमा एक चरणमा २१ अक्टोबरमा विधानसभा चुनावको मतदान हुनेछ र २४ अक्टोबरमा मत परिणाम घोषणा हुनेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया