च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ ।
सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच २ दशमलव ६ किलोमिटर लामो सुरुङ बनाउन सोमबार सम्झौता भएको हो । सम्झौतामा सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापा र हाज्मा–आन्दोका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
कम्पनीले नोभेम्बर महिनादेखि काम थाल्नेछ । आयोजनाको लागि धादिङका केही स्थानमा जग्गा अधिग्रहणमा समस्या देखिए पनि कम्पनीले काठमाण्डौैतर्फबाट काम सुरु गर्ने र जग्गाको समस्या आफूहरुले समाधान गर्दै जाने थापाले जानकारी दिनुभयो ।
सम्झौतामा ४२ महिनामा सुरुङ मार्गको काम सक्ने उल्लेख छ । सुरुङ मार्गका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग १६ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋणमा सम्झौता भैसकेको छ ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।