साेलुखुम्बुमा नगरपालिकाको एक्स्काभेटरले च्याप्दा एक जनाको ज्यान गयो

 असोज ७, २०७६ मंगलबार १८:३२:१४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - एक्स्काभेटरले च्याप्दा सोलुदुधकुण्ड नगरपालिका-९, गोराखानीमा एक जनाको घटनास्थलमै ज्यान गएकाे छ ।

घटनामा ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय दावा तामाङको रहेकाे प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गर्ने क्रममा मंगलबार दिउसो १२ बजे घटना भएको हो । घटनास्थलमा प्रहरी चौकी पत्तालेको टोली प्रस्थान गरिसकेको भए पनि विस्तृत विवरण आउन बाँकी रहेकाे  प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया