काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस क्लब चेल्सीले इटालियन प्रशिक्षक माउरिजिओ सार्रीलाई अनुबन्ध गरेको छ ।
एन्टोनियो कोन्टेलाई दुई वर्षमै बर्खास्त गरेको चेल्सीले अर्का इटालियन प्रशिक्षकलाई नियुक्त गरेको हो । इटालियन क्लब नेपोलीलाई प्रशिक्षण गरिसकेका ५९ वर्षे सार्रीलाई चेल्सीले तीन वर्षको सम्झौता गरेको छ ।
सार्रीले नेपोलीलाई सिरी ए मा दुई पटक दोस्रो स्थान दिलाएका थिए । नेपोलीमा सम्झौता नसकिँदै क्लबले क्षतिपूर्ति तिरेर सार्रीलाई स्ट्याम्फर्ड ब्रिज भित्र्याएको हो ।
उनको स्थानमा नेपोलीले प्रशिक्षणको जिम्मेवारी कार्लो एन्सेलोट्टीलाई दिएको छ । अनुबन्धपछि सार्रीले आफ्नो प्रशिक्षण करियरको उत्साहपूर्ण समय भएको प्रतिक्रिया दिएका छन् ।
‘हाम्रा समर्थकलाई फुटबलको आनन्द दिने प्रयास गर्नेछु र सिजनको अन्तसम्ममा क्लबलाई उपाधिहरु जिताउनेछु, जुसका लागि क्लब योग्य छ ।’ सार्रीले भने ।
सन् २००३ मा चेल्सीको बागडोर सम्हालेपछि रोमन इब्राहिमोभिचले १३ जना प्रशिक्षक परिवर्तन गरिसकेका छन् ।
यस क्रममा जोजे मोउरिन्हो र गुज हिडिन्कलाई दुई-दुईपटक अनुबन्ध गरिसकेका छन् ।
युभेन्टसको दबदबा रहेको इटालियन सिरी एमा सार्रीको प्रशिक्षणमा नेपोलीले ११४ खेलमा ७९ जित, २२ बराबरी र १३ हारको नतिजा निकालेका थिए ।
आक्रामक फुटबल खेलाउने प्रशिक्षक सार्रीले दुई सिजन अघि नेपोलीले उनको प्रशिक्षणमा ९४ गोल गरेको थियो ।
सिरी ए मा २१औं शताब्दीकै सर्वाधिक गोल संख्या हो । उनको तीन वर्षे कार्यकालमा नेपोलीले सिरी ए मा २५१ गोल गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।