धोनीको नयाँ कीर्तिमान : ३ सय क्याच लिने पहिलो भारतीय विकेटकीपर

 असार ३०, २०७५ शनिबार २१:१२:११ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमका विकेटकीपर महेन्द्रसिंह धोनीले इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । विकेट पछि बस्ने धोनीले आफ्नो ३ सय क्याच पूरा गरेका हुन् । 

एकदिवसीय क्रिकेटमा ३ सय क्याच पहिलो भारतीय विकेटकीपर बनेका छन् धोनी । धेरै क्याच लिने दोस्रो विकेटकीपरमा नयन मोंगिया(११०) तथा तेस्रोमा राहुल द्रविड(७२) रहेका छन् । 

विश्व क्रिकेटमा अहिले सम्म एडम गिलक्रिस्ट (४१७) मार्क बाउचर (४०२) र कुमार संगकाराले (३८३)  क्याच लिएका छन् । भारतका पूर्व कप्तान समेत रहेका धोनी ३ सय क्याच लिने चौथो विकेटकीपर पनि बनेका छन् । धोनीले यो उपलब्धि हासिल गर्दा ३७ औँ ओभरमा उमेश यादवको बलिङमा जोस बटलर क्याच आउट भएका थिए ।

त्यस्तै भारतीय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका धोनीले  १० हजार रन पूरा गर्न अब ३३ रन मात्रै बाँकी छ । त्यस्तै धोनी टी २० मा पचास वटा क्याच लिने पहिलो विकेटकीपर पनि हुन् । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया