इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै : रौहानी

 असार ३१, २०७५ आइतबार ८:१९:१४ | एजेन्सी
unn.prixa.net

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् । 

रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने पनि बताएका छन् ।

“हरेक पटक हामी षड्यन्त्रलाई चिर्न सफल भएका छाैँ र यसमा इरानी जनता तथा सरकार एकताबद्ध छन् ।” उनले भनेका छन् । 

गएकाे मे महिनामा सहयोगी देशको आग्रहमा अमेरिकाले तेहरान र विश्व शक्ति राष्ट्रसँग गरेको सहमतिबाट फिर्ता हुने निर्णय गरेको थियो । यससँगै अमेरिकाले इरानमाथि पुन आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो । नाकाबन्दीसँगै कैयौँ बहुराष्ट्रिय फर्म तथा कम्पनीलाई इरानसँग कारोबार रोक्नसमेत भनिएको थियो । 

अमेरिकाको गैरकानूनी तर्कमा कुनै पनि अन्तर्राष्ट्रिय संघसंस्थाले समर्थन जनाउने छैनन् । 

सम्झौताबाट फर्किने र नाकाबन्दी लगाउने ट्रम्पको घोषणासँगै इरानमाथि खासगरी इरानी मुद्रामा भने समस्या चुलिन थालेको छ । गएकाे नौ महिनामा इरानी रियलको मूल्य डलरसँगको तुलनामा झण्डै ५० प्रतिशतले अवमूल्यन भएको छ । 

कैयौँ आयातकर्ता तथा निर्यातकर्ताहरूले विदेशी मुलुकसँग ब्यापार गर्न आफूसँग डलरको अभाव भएको बताउँदै आएका छन् ।

तर रौहानीले आफ्ना सम्बोधनहरूमा सामान आयात तथा निर्यातका लागि चाहिने आवश्यक मुद्राको सुनिश्चितता गर्ने बताएका छन्। 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया