भारतले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ : भारतीय प्रधानमन्त्री मोदी

 असोज ११, २०७६ शनिबार ७:४:५६ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् ।

शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ । पूरा विश्वलाई शान्तिको सन्देश दिएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केवल १७ मिनेट मात्रै भाषण गरे पनि कैयौँ मुद्दा उठाएका छन् । उनले पाकिस्तानको नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् ।

आतंकवाद पूरा विश्वका लागि खतरा भएको भन्दै उनले भने, ‘हाम्रो आवाजमा आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउने गम्भीरता पनि छ र आक्रोश पनि ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर, पूरा विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो बलिदानी दिएको पनि मोदीले बताए । 

सम्बन्धित समाचार

उनले भारत सरकारले अघि सारेका विभिन्न योजनाहरुको पनि चर्चा गरे । आयुष्मान भारत, सस्वच्छता अभियान, जनधन योजनालगायतका योजनाका बारेमा मोदीले चर्चा गरेका थिए ।

साथै उनले भारतीय नागरिकले लोकतान्त्रिक तरिकाले आफूलाई जनादेश दिएकाले आफू संयुक्त राष्ट्र संघको महासभामा भएको बताए । उनले भने, ‘यो वर्ष विश्वकै सबभन्द्या ठूलो चुनाव भयो । विश्वमा सबैभन्दा बढी नागरिकले भोट दिएर मलाई र मेरो सरकारलाई पहिलेभन्दा मजबुत जनादेश दिएका छन् । त्यही जनादेशका कारण म आज यूएनमा छु ।’

साथै मोदीले जलवायु परिवर्तनका लागि भारतको भूमिका निकै कम भएको पनि बताए । उनले भने, ‘यदि इतिहास र पर क्यापिटा इमिसन्सको नजरबाट हेर्ने हो भने ग्लोबल वार्मिङका लाभिा भारतको भूमिका एकदमै न्यून रहेको छ । तर यो समस्या समाधानका लागि कदम उठाउनेहरुमध्ये भारत एक अग्रणी देश हो ।’

अन्तिम अपडेट: चैत १६, २०८०

2 Comments

  • कमल

    Sept. 28, 2019, 9:47 a.m.

    युद्ध होइन बुद्ध ! कति हाँस्नु। भूकम्पले तहसनहस भएको बेला नेपाल विरूद्ध नाकाबन्दी गर्नु यहाँको दृष्टिमा युद्ध होइन?यो त महायुद्ध हो, माेदी महाेदय।

  •  0 Reply
  • Dikpal gurung

    Sept. 28, 2019, 8:04 a.m.

    यो भनेको सरासर नेपाल माथी को दादागिरी हो हो । यस्तै हो नेपाल का नेता हरुनै भारत को गुलामी गर्दै हिन्छन अनि मोदि ले यत्ती को दादागिरी गर्नु सामान्य कुरो हो

  •  0 Reply

तपाईको प्रतिक्रिया