तनहुँको व्यास नगरपालिकाका एक सय आठ जना दीर्घरोगीलाई आर्थिक स...
मंसिर ८, २०८१ शनिबार
धादिङ – सडक निर्माणको काममा गइरहेको ट्रयाक्टर दुर्घटनामा परि ११ जना मजदुर घाइते भएका छन् ।
धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्रयाक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको हो ।
मजदुर बोकेर काम गर्ने ठाउँमा जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।
तीव्र गतिमा गुडेको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । घाइेतमध्ये तीन जनाको अवस्था सामान्य छ भने ८ जनाको अवस्था गम्भीर छ ।
घाइतेमध्ये जाजरकोट जिल्ला छेडागाँउ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेसी स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।
जाजरकोट जिल्लाबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० जना मजदुरको जिल्ला अस्पालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।