सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

 असार ३१, २०७५ आइतबार ११:३६:६ | एजेन्सी
unn.prixa.net

भारतको उत्तर प्रदेशको सम्भल जिल्लामा एक महिलालाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । शनिबार राति  २ बजेतिर पाँचजनाको समूहले सामूहिक बलात्कार पछि जिउँदै जलाएर हत्या गरेका हुन् ।

महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर प्रहरीबाट कुनै सहयोग नभएको महिलाका पतिले बताएका छन् ।

बलात्कारपछि महिलालाई घर नजिकैको मन्दिरमा लगेर जिउँदै जलाइएकोे टाइम्स अफ इण्डियाले जनाएको छ । महिलाका २ जना सन्तान रहेका छन् । घटनाको समयमा हल्लीखल्ली गर्दा ठूलो पानी परेकाले कसैले सुन्न नसकेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । 


 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया