आलिया भट्टको लिलामी कपडाबाट ४० घरमा उज्यालो छायो

 असार ३१, २०७५ आइतबार १२:२६:५३ | एजेन्सी
unn.prixa.net

अभिनेत्री आलिया भट्ट बलिउड फिल्म उद्योगमा छोटो समयमै अब्बल अभिनयका सफलताको उचाइमा पुगेकी छिन् । तर अहिले उनी अभिनय भन्दा बाहिरको कामका कारण चर्चामा छिन् । उनले गरेको असल कामका कारण अहिले उनको प्रशंशा भइरहेको छ । 

केही महिना अगाडि आलियाले उनका कपडा लिलामी गर्ने घोषणा गरेकी थिइन् । उनले कपडा लिलामीबाट आएको रकम संकलन गरेर एक संस्थालाई दिएकी छिन् । जुन संस्थाले प्लास्टिकका बोतललाई रिसाइकल गरेर बिजुलीको पहुँच नभएका गरिब परिवारमा बिजुलीको सेवा पुर्याउने काम  गर्छ । आलियाले यो संस्थामार्फत ४० परिवारको घरमा उज्यालो पुर्‍याउने काम गरेकी छिन् । 

आलियाले लिलामी गरेका कपडाबाट संकलित रकम जम्मा गरेर कर्नाटकको मंड्या जिल्लाको किकेरी गाउँका परिवारको घरमा बिजुली पु¥याएकी छिन् । उनले ब्याङ्गलोरको आरोहा नामक संस्थाको सहकार्यमा यो काम गरेकी  हुन । आरोहाले ‘लाइटर अफ लाईट’ नामको प्रोजेक्ट संचालन गर्छ ।

भारतमा अझै पनि कतिपय यस्ता गाउँहरु छन्, जहाँका मानिस अध्यारोमा बस्न बाध्य छन । लाइटर अफ लाईट परियोजनाले त्यस्ता परिवारको घरमा उज्यालो प्रदान गर्ने भएका कारण उक्त संस्थाको सहकार्यमा यो काम गरेको आलियाले बताएकी छिन् ।

आलिया यो गाउँमा रहेका २०० परिवारको घरमा बिजुली उपलब्ध गराउने योजनामा छिन् । साथै उनले अन्य संस्थासँग पनि मिलेर सहयोगको काम गर्ने बताएकी छिन् । 

 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया