नेपाल–भारत जल यातायात संचालनबारे छलफल सुरु

 असार ३१, २०७५ आइतबार १४:१५:४७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल सुरु भएको छ ।

नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारबाट काठमाडौंमा सहसचिव स्तरीय छलफल सुरु भएको हो । नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्बासेले जानकारी दिनुभयो ।

उहाँले बैठकमा भारतीय पक्षले नेपालमा जल यातायात संचालनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई पक्षिय छलफल गरी नेपालमा जल यातायात संचालनको कामलाई अघि बढाउने सहमति गरिएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो ।

सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात संचालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको छ । जल यातायात संचालनका लागि दुवै देशको सम्भावित नदीहरुमा स्थलगत अवलोकन छिट्टै गर्ने सहमति पनि गरिएको सहसचिव बेल्बासेले बताउनुभयो ।

२ दिनसम्म चल्ने बैठकमा दुवै देशका प्राविधिकहरु पनि सहभागी भएका छन् । बैठकमा भारतीय पक्षले नेपालको तराई क्षेत्रमा देखिएको डुबान समस्या समाधान गर्न पनि भारत सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया