चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढाउने मन्त्री पोखरेलको प्रतिवद्धता

 असार ३१, २०७५ आइतबार १५:१६:९ | उज्यालो सहकर्मी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राख्नुभयो । आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उहाँले विधेयक माथेमा कार्य दलले दिएको सुझावको मूल ‘स्पिरिड’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्च स्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले माथेमा कार्यदलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्ताबेजको रुपमा लिन नहुने धारणा राख्नुभयो । उहाँले सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दावी गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया