प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
दाङ - दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर-९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही-१० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर ज्यान गएको हो ।
बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको सिमलसोता खोलामा नुहाउन गएको समयमा पाैडी खेन्ले क्रममा उनीहरु डुबेका थिए ।तत्कालै उद्धार गरी अस्पताल लगिए पनि लमही अस्पतालमा उपचारको क्रममा दुवैको बिहीबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पोस्ट मर्टमका लागि शव लमही अस्पतालमा राखिएको छ ।