साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धे...
बैशाख ८, २०८१ शनिबार
मकवानपुर - नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण करेन्ट लागेर हेटाैँडामा आमा-छोराको ज्यान गएको छ ।
विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा पनि त्यसलाई व्यवस्थापन नगरेकाले आमा छोराको ज्यान गएको तथा बुहारी घाइते भएकी छिन् । ज्यान गुमाउनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीकी ५५ वर्षीया लेखमाया पराजुली र उनका २८ वर्षीय छोरा मदन पराजुली रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
करेन्ट लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा हेटौँडाको चुरेहिल हस्पिटलमा ज्यान गएको हो । आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो ।
घाइते बुहारी रेनुकाको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।