नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
ओमानमा चलिरहेको पाँच देश सम्मिलित टी-२० क्रिकेटमा नेपालले आज बुधबार आयरल्याण्डसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा हङ्कङलाई र दोश्रो खेलमा नेदल्याण्ड्सलाई समान चार विकेटले हराएको नेपालले आज टेष्ट मान्यता प्राप्त टोली आयरल्याण्डसँग खेल्न लागेको हो ।
नेपालले, दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेका पवन सर्राफ र रोहित पौडेललाई आज परिवर्तन गर्ने सम्भावना छ । आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।
टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी-२० को वरीयतामा भने नेपालभन्दा पछाडि छ । नेपाल र आयरल्याण्डले टी-२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।
सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।
टी-२० वरीयता: नेपाल११औंँ स्थानमा यथावत
टी-२० क्रिकेटको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेका अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत छ ।
एसोसियट देशहरुमा नेपाल सबैभन्दा अघि छ । टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल छन् ।
टी-ट्वेण्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । एक दिवसीय वरियतामा नेपाल १७औंँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।