प्रिमियर लिगमा नटिङ्घम फरेस्टकाे जीत, म्यानचेस्टर सिटी र ब्राइट...
चैत ३, २०८१ आइतबार
काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुसँग साेमबार छलफल गर्दै हुनुहुन्छ । विधान मस्यौदा समिति गठन तथा पार्टीभित्रका विभिन्न समितिमा मनोनयन र महासमिति बैठकलगायत विषयमा छलफल गर्न पौडेलले आफू पक्षका नेतासँग छलफल गर्न लाग्नुभएको हो ।
काठमाडौं चक्रपथको ढुँगेधारामा बोलाइएको भेलामा नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केशी, प्रकाशमान सिंह नविन्द्रराज जोशी लगायतका नेतासँग छलफल गर्न लाग्नुभएको उहाँ निकट नेताहरुले बताएका छन् । सभापति शेरवहादुर देउवाले पार्टीका विभिन्न विभाग गठन, प्रदेश समितिमा मनोनयनलगायतका लागि पौडेल पक्षसँग नाम मागेपनि पौडेल पक्षले नाम दिएको छैन । पछिल्लो समय सभापति देउवाले अब पनि पौडेल पक्षले ढिलाइ गरे आफ्नै हिसावले मनोनयन गरेर अघि बढ्ने तयारी गरेपछि नेता पौडेलले आफु निकट नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
आजको बैठकले पार्टी नेतृत्वलाई विधान अनुसार अघि बढ्न आग्रह गर्दै आफ्नो पक्षबाट विभिन्न समितिका लागि नेताहरुको नाम उपलब्ध गराउने समझदारी गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।