धादिङमा माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

 असोज २४, २०७६ शुक्रबार १६:५४:४८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको गल्छी गाउँपालिका वडा नम्बर-७, खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

लमजुङको बेसीशहरबाट काठमाण्डाैतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोबसले शुक्रबार त्यसै दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर-१२, भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको ज्यान गएको हाे । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्याफयका प्रहरी  नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा त्यसै गाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । घाइतेको काठमाण्डौमा रहेकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ओभरटेक गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया