शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
रामेछाप – सदरमुकाम मन्थलीबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको सीता एयरको टुइनअट्टर विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।
शनिबार बिहान लुक्लाका लागि १३ जना विदेशी पर्यटक यात्रु र तीन जना चालक दलका सदस्यसहित उडेको सीता एअरको ९ एन–आई–ई विमानको पंखामा चरा पसेपछि उडेको जहाज त्यही हवाइ मैदानमा आकस्मिक अवतरण गराइएको हो । जहाजमा रहेका सबै यात्रुहरु सकुशल रहेका छन् ।
जहाजको पंखामा चरा पसेपछि जहाजको आवाज फरक आएको चालक दलका सदस्यहरुले थाहा पाएपछि जहाज आकस्मिक अवतरण गराइएको नागरिक उड्डयन कार्यालयका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिनुभयो ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।