नाफाको हिस्सा लिएर काम गर्ने पहिलो बलिउड अभिनेत्री बनिन् प्रियंका

 असार ३२, २०७५ सोमबार १०:५५:३८ | एजेन्सी
unn.prixa.net

हलिउड मार्फत विश्वभरी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’मार्फत सलमान खानको जोडीको रुपमा बलिउडमा ‘कमब्याक’ गरिरहेकी छिन् ।

यो फिल्म बाहेक उनी ‘द स्काई इज पिंक’ मा पनि काम गरिरहेकी छिन् । यही फिल्मका माध्यमबाट प्रियंकाले बलिउडमा अहिलेसम्म कुनै पनि अभिनेत्रीहरुले नगरेको काम गर्दैछिन् ।

सोनाली बोसको निर्देशनमा बन्ने फिल्म ‘द स्काई ईज पिंक’ मा अभिनय गरेवापत प्रियंकाले पारिश्रमिक नलिने भएकी छिन् । उनी यस फिल्मले गरेको ब्यापारबाट हुने नाफाको हिस्सेदार बन्नेछिन् । बलिउडमा फिल्मले कमाएको नाफाको हिस्सेदार बन्ने प्रियंका चोपडा पहिलो अभिनेत्री हुन् । यस अघि बलिउडमा कुनै पनि अभिनेत्रीले यस्तो गरेका थिएनन् ।
 
प्रियंकालाई ‘द स्काई ईज पिंक’ को कहानी असाध्यै मन परेको थियो । तसर्थ यस फिल्मलाई बनाउनका लागि निर्माताहरुलाई सहयोग गर्नुपर्ने ठानेर उनले पारिश्रमिक नलिई काम गर्ने सोच बाएकी छिन् । उनले सुरुवातमै निर्माताहरुसँग पारिश्रमिक माग्नुको बदलामा नाफाको हिस्सेदार बन्ने निर्णय लिएकी हुन् । 

तर प्रियंकाले यस फिल्मबाट कमाएको नाफाको कति हिस्सा लिनेछिन् भन्ने कुरा अहिले तय गरिएको छैन । बलिउडमा अहिलेसम्म अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमारले फिल्मको नाफामा हिस्सेदार भएर काम गरिसकेका छन् ।

प्रियंकाको फिल्म ‘द स्काई इज पिंक’ भारतीय मोटिभेशनल स्पीकर आयशा चौधरीको जीवनीमा आधारित फिल्म हो । यस फिल्ममा प्रियंका बाहेक जायरा वसीम पनि हुनेछिन् । जायरा वसीमले आयसा चौधरीको भूमिका निर्वाह गर्नेछिन् भने प्रियंका चोपडा जायराकी आमाको भूमिकामा देखिनेछिन् ।

यस अघि फिल्ममा प्रियंकाको जोडीको रुपमा अभिषेक बच्चनले अभिनय गर्ने भनिएको थियो तर अहिले फरहान अख्तरलाई यस फिल्मका लागि फाइनल गरि सकिएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया