पुछारकाे खुमलटारले हिमालयन शेर्पालाई हरायाे, पुलिस चाैथाे ...
जेठ १५, २०८० सोमबार
विश्वकप फुटबलको फाइनलको दोस्रो हाफ चलिरहेको थियो । फ्रान्स क्रोएसियासँगको ऐतिहासिक खेलमा २–१ ले अगाडि थियो ।
अचानक प्याराफिटबाट चार जना मैदानमा प्रवेश गरे । एक गोलले पछि रहेको अवस्थामा क्रोएसिया दबाबमै थियाे । क्रोएसियन खेलाडी डेजान लेभरोनले मैदानमा प्रवेश गर्ने व्यक्तिलाई घिसारेर मैदानबाहिर लैजाने प्रयास गरेका थिए । तर त्यसको केही क्षणमै सुरक्षा अधिकारीहरु आएर उनीहरुलाई मैदानबाहिर लगे ।
केही बेर खेल पनि रोकियो । तर टेलिभिजनमा त्यो दृश्य धेरैबेर नदेखाइएकाले सबैलाई ती व्यक्ति को होलान भन्ने कौतुहुलता जाग्यो ।
केही समयपछि रुसको एउटा नारीवादी प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ ले घटनाको जिम्मेवारी लिएको थियो । उनीहरुले फेसबुकमार्फत घटनाको जिम्मेवारी लिएका हुन् । ‘अहिले ‘पुस्सी रायटका चार जना सदस्य मैदानमा छन् ।’ समूहकी सदस्य रहेकी ओल्गा कुराच्योवाले मैदानमा दौडिनेमध्ये आफू पनि एक जना भएको बताएको रोयटर्सले जनाएको छ ।
रुसी अनलाइन मिडियाजोनाले जनाए अनुसार मैदनामा प्रवेश गर्ने तीन जना महिला र एक जना पुरुषलाई रंगशाला नजिकैको प्रहरी चौकीमा लगिएको थियो ।
प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ मस्कोमा रहेको एउटा ठूलो चर्चमा प्रदर्शन गरेर चर्चामा आएको थियो । त्यति बेला समूहका तीन जना सदस्यलाई पक्राउ गरिएको थियो । सन् २०११ मा स्थापना भएकाे याे समूहमा २० देखि ३३ वर्ष उमेर समूहका झण्डै ११ जना महिला रहेकाे बताइन्छ । याे समूहले सार्वजिनक ठाउँमा अाफूलाई गुरिल्ला समूहकाे रुपमा प्रस्तुत गर्दै अाएकाे छ । उनीहरुले मस्काेमा रहेकाे बायाेलाेजिकल म्युजियममा सामूहिक रुपमा याैन कार्य गरेका थिए ।
Members of Pussy Riot interrupted the World Cup final — and right in front of Vladimir Putin pic.twitter.com/X7nte5royj
— NowThis (@nowthisnews) July 15, 2018
केही समय यता उनीहरुले राष्ट्रपति पुटिनकाे नीतिकाे विराेध गर्नुका साथै समलिंगी समुदायका हक हितका बारेमा अावाज उठाउँदै अाएका छन् ।
आइतबारको विश्वकप फाइनलमा रुसी राष्ट्रपतिको भ्लादिमिर पुटिनकै अगाडि प्रदर्शन गर्न सफल भएको बताउँदै ट्वीट गरेका छन् ।