प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – ग्लोबल हंगर इण्डेक्स (विश्व भोकमरी सूचकांक) मा नेपाल ७३ औँ स्थानमा परेको छ ।
एक सय १७ देश सम्मिलित सूचीमा नेपाल छिमेकी राष्ट्र भारतभन्दा धेरै अगाडि रहेको छ । भारत यो सूचीमा एक सय दुई स्थानमा परेको छ ।
जबकि यो सूचीमा दक्षिण एसियाकै पाकिस्तान, बंगलादेश भन्दा पनि पछाडि परेको छ । यो सूचीमा पाकिस्तान ९४ र बंगलादेश ८८ औँ स्थानमा छ । दक्षिण एसियाकै अन्य राष्ट्रहरु श्रीलंका ६६ औँ स्थानमा रहेको छ भने अफगानिस्तान एक सय ८ औँ स्थानमा छ ।
यो सूचीको पहिलो नम्बरमा बेलारुस रहँदा सूचीको अन्तिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक रहेको छ ।
यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतका कुरालाई समेटिन्छ ।