साउदी अरेबियामा बस दुर्घटना, ३५ जनाको मृत्यु

 असोज ३०, २०७६ बिहिबार ११:६:६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

साउदी अरेबियामा तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस दुर्घटना भएको थियो । बसमा ३९ जना रहेकोमा ३५ जनाको ज्यान गएको हो । अन्य चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् । घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २३, २०७६

तपाईको प्रतिक्रिया