करेन्टका कारण दुवै हात गुमाएका नारायणलाई आर्थिक सहयोग

 असार ३२, २०७५ सोमबार १६:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – विद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर घाइते भएका आर्दश गाउँपालिका–१, चासीका नारायण खड्काको उपचारका लागि डोटीमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।

होटेल व्यवसायी संघ डोटीका अध्यक्ष समेत रहनु भएका चासी गाउँका स्थानीय दिपकबहादुर खड्काको नेतृत्वमा दिपायलमा सोमबार आर्थिक संकलन गरिएको हो । गएको असार १९ गते गाउँमै रहेको विद्युत पोल एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा पोल विद्युतको हाइटेन्सनको लाइनमा छुन पुग्दा करेन्ट लागेर स्थानीय ४ जना जयन्द्र खड्का, लोकेन्द्र खडका, वीरेन्द्र खड्का र दिप खड्काको ज्यान गएको थियो भने नारायण खड्का गम्भिर घाइते हुनु भएको थियो ।

करेन्ट लागेर गम्भिर घाइते भएका खड्काको काठमाडौंमा रहेको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । करेन्ट लागेर जलेका कारण कान्तिपुर अस्पतालले उहाँका दुवै हात काटेको छ । आर्थिक अवस्था कमजोर भएको र दुवै हात काटिएकाले उहाँको थप उपचारका लागि आर्थिक संलन गरिएको होटेल व्यवसायी संघ डोटीका अध्यक्ष तथा चासी गाउँका स्थानीय दिपकबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घरायसी परिस्थित निकै कमजोर छ, कमाउने कोही छैन । त्यसलै हामीले आर्थिक सहयोग संकलनको अभियान चालेका हौ ।’ आर्थिक संकलन टोलीले खड्काको उपचारका लागि डोटीका स्थानीय, व्यापारी तथा कर्मचारीहरुबाट ४९ हजार ५ सय आर्थिक सहयोग र ९५ हजार ऋण सहयोग गरी कुल १ लाख ४४ हजार ५०० रकम संकल गरेको छ ।

डोटीका स्थानीयबाट संकल गरिएको आर्थिक सहयोग राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दिपायलको खाता नम्बर ४३०००११६९६१० मा जम्मा गरिएको छ । उहाँलाई आर्थिक सहयोग गर्न चाहनेले खाता नम्बर ४३०००११६९६१० मा पैसा पठाउन सक्नुहुनेछ ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया