नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशव बडालले डाक्टर गोविन्द केसीलाई मानव ढाल बनाइएको बताउनुभयो ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बडालले भन्नुभयो, ‘डाक्टर केसीलाई मानव ढाल बनाउने काम भैरहेको छ, उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीहरुले भन्नुभएको छ, यो गलत र अलोकतान्त्रिक हो, उहाँलाई मानव ढाल नबनाऔं ।’
बडालले अगाडि भन्नुभयो, ‘यस्तो अत्याचार नगरौं, संसदले कुन विधेयक र कस्तो विधेयक पास गर्ने वा नगर्ने भन्ने अनसनलाई जिम्मा दिने कुरा नगरौं, संसदमा पर्याप्त छलफल हुन्छ, विधेयकमा चित्त नबुझे विधेयकउपर छलफल हुन्छ, संशोधन हाल्न पनि सकिन्छ, संसदीय समितिहरुमा पनि पर्याप्त छलफल हुन्छ ।’
उहाँले ऐन सडकबाट पारित गर्नेजस्तो कुरा गर्न नहुने धारणा राख्नुभयो । ‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएको छ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोही पनि नलागौं’, बडालले भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थालाई अफाप सिद्ध तुल्याउनको लागि डाक्टर केसीलाई जुम्लामा अनशन बस्न पठाइएको हो ।’
डाक्टर केसीको अनसन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्य मन्त्री हुँदा थापाले केसीको माग पूरा नगरेको बडालले टिप्पणी गर्नुभयो । ‘अहिले केसीको पक्षमा चर्को कुरा गर्ने गगन थापा आफू स्वास्थ्यमन्त्री हुँदा किन उहाँका मागहरु पूरा गर्नुभएन ?’, बडालले प्रश्न गर्नुभयो ।
मेडिकल क्षेत्र सफा हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको सुनाउँदै उहाँले डाक्टर धर्मकान्त बास्कोटाजस्तो सम्मानित र इमानदार डाक्टरलाई त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन समेत डाक्टर केसी अनशन बसेको आरोप लगाउनुभयो । ‘डाक्टर बांस्कोटा मात्रै होइन, भगवान कोइरालालाई पनि त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन उहाँ अनशन बस्नुभयो’, बडालले भन्नुभयो ।
नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला डाक्टर केसीले भोट मागेको आरोप लगाउनुभयो । ‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माग्नुभयो ?’, बडालले भन्न्ुभयो, ‘त्यही गुन तिर्नको लागि गगन थापाले अहिले अनशनरत डाक्टर केसीको पक्षमा बोलिरहेका छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
टुकाराम पन्त
July 16, 2018, 6:15 p.m.याे एक अर्कालाई दाेषाराेपण गर्ने समय हाेइन।पहिले डाक्टर गाेविन्द केसिकाे जीवन रक्षा गराैं । यसैमा सवैकाे भलाई छ ।तुजुक,अहं,अावेश र घृणाले अधाेगति तिरै लाने हाे। संपूर्ण जनता एकातिर र सरकार एकातिर हुने अवस्था सृजना नगर्नुहोस् ।