मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका ल...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयमा शनिबार भएको नेपाल पब्लिक क्याम्पस संघको महाधिवेशनमा लेखा सदस्य पदको मतदान स्थगित भएको छ ।
लेखा सदस्य पदका प्रत्याशीमध्येका एक भरत शाक्यको नाम मतपत्रमा नदेखिएपछि प्राविधिक त्रुटि भएको भन्दै स्थगित गरेर अर्को मितिमा चुनाव गर्ने निर्णय भएको प्रमुख निर्वाचन आयुक्त चिरञ्जिवी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मतपत्र प्रकाशन गर्दा त्रुटिवश उहाँको नाम छुट्न गएको पाइएकोले विधिसम्मत हुनेगरी कार्यसमितिको बैठकले त्यही पदका लागि अर्को मिति तय गर्ने निर्क्योलसहित आजको मतदान स्थगित गरेका छौँ ।’
लेखा सदस्य पदकाे मतदान स्थगित गरिए पनि अन्य पदहरुकाे भने यथावत नै भएकाे श्रेष्ठले बताउनुभयाे ।
तर अन्य उम्मेदवार तथा पार्षदहरुले भने सबै पदकाे मतदान फेरि गर्नुपर्ने विचार व्यक्त गरेका छन् । लेखा सदस्य पदका लागि मात्र मत खसाल्न अर्काे मितिमा पार्षदरु आउने सम्भावना न्यून भएका कारण सबै पदकाे मतदान फेरि हुनुपर्ने उनीहरुकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।