साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जिल्ला अदालतमा उपस्थित भएकी छिन् ।
गएको मङ्सिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको झन्डै २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि फरार रहेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् ।
जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेशी तोकिएको छ । अदालतका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
मुद्दा लागेका २६ मध्ये एक जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।