साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने
पुस २५, २०८१ बिहिबार
गाेरखा – गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा साढे १० हजार जनाभन्दा धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् । सन् २०२४ मा १० हजार ६ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत एवम् सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो ।
यो सङ्ख्या सन् २०२३ को तुलनामा एक हजार चार सय २८ जनाले धेरै हो । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन ताल, विश्वको आठौं अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्नेछन् । त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् ।
मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।