नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
इण्डोनेसियाले आगामी महिना सुरु हुने १८ औं एसियाली खेलकुद हेर्न दुवै कोरियाका नेतालाई निम्तो दिएको छ ।
इण्डोनेसियाका राष्ट्रपति जोको विडोले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई औपचारिक रुपमा एसियाली खेलकुदको उद्घाटन र समापनका बेला इण्डोनेसिया आउन पत्र पठाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जोहान बुडीले पत्र पठाएको पुष्टि गर्दै यस विषयमा दुवै कोरियाबाट कुनै पनि जवफ नआएको बताए । एसियाली खेलकुदमा यस पटक दुवै कोरियाको संयुक्त टिमले क्यानोयिङ, रोइङ र महिला बास्केटबलमा सहभागिता जनाउँदैछ ।
१९५०–५३ सम्म चलेको कोरिया युद्धका कारण दुवै देशको सम्बन्ध राम्रो थिएन् । तर पछिल्लो समय दुई कोरियाका बीचमा सम्बन्ध सुधार भएकाले शीतकालीन ओलम्पिकमा महिलाको आइस हकी टिमले संयुक्त रुपमा सहभागिता जनाएको थियो ।
अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म चल्ने एशियाली खेलकुद प्रतियोगितामा ४० खेलका ११ हजार बढी खेलाडी सहभागी हुँदैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।