नेपालबाट दिल्ली गैरहेको बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी नेपाली घाइते

 कात्तिक ३, २०७६ आइतबार १५:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालबाट दिल्ली गैरहेको बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी नेपाली यात्रु घाइते भएका छन् । 

आइतबार लखनउको इकाना स्टेडियम नजिक बस दुर्घटना भएको हो । दुर्घटनामा बसको अघिल्लो भाग क्षतिग्रस्त भएको छ । ड्राइभरलाई निद्रा लागेको कारण बस ट्रकसँग ठोक्किएको अधिकारीहरुले बताएका छन् ।

नेपालबाट दिल्ली गैरहेको बस आइतबार बिहान अनियन्त्रित हुँदा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।   

बसमा चार दर्जनभन्दा बढी नेपाली यात्रु रहेका थिए । घटनाबारे प्रहरीले सूचना पाउनेबित्तिकै घाइतेहरुलाई एम्बुलेन्सको सहयोगमा लोहिया अस्पताल पुर्‍याइएको थियो । 

दुर्घटनामा नविन थापा, नन्दु, टेकबहादुर, धनकुमारी थापा, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्ट लगायत घाइते भएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया