आगलागीबाट सोलुखुम्बुमा कपडा पसलसहित एक घर जलेर नष्ट

 कात्तिक ४, २०७६ सोमबार ८:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – आगलागीबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा एक घर जलेर नष्ट भएको छ । सोमबार बिहान करिब २ बजे विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय चन्द्रप्रकाश कोइरालाको घर जलेर नष्ट भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

आगलागीबाट कोइरालाको पसलसहितको ३ तले घर जलेर नष्ट हुँदा ९८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) उत्तम कार्कीले जानकारी दिनुभयो ।

आगलागीबाट घरभित्र रहेको काठपात, लत्ता कपडा, भाडावर्तनलगायतका सामाग्री जल्नुका साथै यही घरमा रमेशकुमार राईले सञ्चालन गर्दै आउनुभएको कपडा पसलसमेत जेलेर नष्ट हुँदा ठूलो क्षति भएको हो ।

आगो निभाउन पर्याप्त स्रोत साधन नहुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया