मौसम परिवर्तनसँगै हङकङ फ्लूको सङ्क्रमण बढ्दै
फागुन १३, २०८१ मंगलबार
संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो । ६५ देशले मतदानमा भाग लिएनन् । अमेरिकाले रुस र युक्रेनबीच युद्ध शुरू भएयता पहिलो पटक युक्रेनको विपक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।
प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू छन् । तर रुससहित अमेरिका, इजरायल र हङ्गेरीले यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
भारत र चीनले संयुक्त राष्ट्र सङ्घमा यो प्रस्तावमा मतदानमा भाग लिएनन् । युक्रेनसँग रुसको युद्धको तेस्रो वर्षगाँठमा यो प्रस्ताव आएको हो ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले शान्ति स्थापनाको नाममा युक्रेनले आत्मसमर्पण गर्ने अवस्था हुन नहुने बताउनुभएको छ ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले युक्रेनलाई आत्मसमर्पण गर्न लगाउने पक्षमा उभिन नसकिने बताउनुभएको हो ।
ट्रम्पले भन रुस र युक्रेनबीच शान्ति स्थापनाका लागि अमेरिकासँगै युरोपेली देशले पनि पहल गर्नुपर्ने बताउनुभएको छ । जवाफमा म्याक्रोंले युरोप युक्रेनलाई सहयोग गर्ने जिम्मेवारीबाट पछि नहटेको जिकिर गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।