डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । तराईका थोरै ठाउँहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक मात्र प्रभाव रहेकोले आज र भोलि देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशमा भने हल्का हिमपातको सम्भावना छ । भोलि बेलुका पनि कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तर पर्सि बिहीवारदेखि भने पश्चिमी वायु सक्रिय भएर बिहानैदेखि नेपालमा वर्षा गराउने प्रणाली विकास हुने मौसमविद् विनोद पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार यो प्रणालीले पर्सि बिहीवार र शुक्रवार काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिउँदको अन्त्यमा विकसित हुन लागेको प्रणालीले पश्चिम नेपालमा भने राम्रो वर्षा गराउने सम्भावना बढेको छ ।
मङ्सिर १६ देखि फागुन १६ सम्मको हिउँदे अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेको छ । तर यसपटक औसतभन्दा कम पानी परेको छ ।
हिउँद याम सकिन ३ दिन मात्र बाँकी रहँदा अहिलेसम्म ९ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । हिउँद सुक्खा हुँदो डढेलोसँगै वायु प्रदुषण बढ्नुका साथै कृषि क्षेत्रमा असर परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।