ट्रम्पले पुटिनलाई भव्य रुपमा विश्वकप आयोजना गरेकोमा दिए बधाई

 असार ३२, २०७५ सोमबार १८:१३:१७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्याण्डको राजधानी हेलसिन्कीमा औपाचारिक वार्ता सुरु भएको छ । 

वार्ता सुरु हुनुभन्दा पहिले दुवै नेताले हात मिलाएका थिए ।  अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वकप फुटबलको सफलतापूर्वक आयोजना गरेकोमा रुसी राष्ट्रपति पुटिनलाई बधाई पनि दिएका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई बधाई दिँदै भने, ‘म तपाईँलाई विश्वकप फुटबल भव्य रुपमा र अहिलेसम्मबै सर्वश्रेष्ठ आयोजनाका रुपमा सम्पन्न गरेकोमा बधाई दिन्छु ।’

दुई राष्ट्रपतिबीचमा कुराकानी सुरु हुनुभन्दा पहिले अमेरिकाले  रुसका १२ जना जासुसी अधिकारीमाथि ह्याकिङको आरोप लगाएका थिए । सन् १०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा साइबर हमला गरेको आरोप रुसमाथि लागिरहेको छ । 

साथै अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँगको सम्बन्ध बिग्रनुमा यसभन्दा अगाडिको अमेरिकी नेतृत्व जिम्मेवार भएको आरोप लगाएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको वार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार, सेनाका साथै चीनका बारेमा पनि छलफल हुने बताइएको छ । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया