आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात खेल्दै
बैशाख १२, २०८१ बुधबार
दाङ - दाङको घोराही बर्गदुवामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् ।
सोमबार बेलुकी घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर–३, वर्गदुवा चोकमा दुई बस एकापसमा ठोक्किँदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा दुवै बसका २२ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताउनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा घाइतेहरुको उपचार भैरहेको प्रहरीले बताएको छ ।