सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ । ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको लागि भर्ना छनोट प्रक्रिया भैरहेको समयमा अनियमितता गर्ने उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो ।
उनीहरुमध्ये ४ जना सैनिक र २३ जना गैर–सैनिक रहेका छन् । नक्कली परिचयपत्र बनाइ किर्ते गरेको अभियोगमा उत्तर पश्चिम पृतना हेडक्वाटरबाट ३ जना, आर्थिक लेनदेन गरेको अभियोगमा ५ नम्बर बाहिनी अड्डा कैलालीबाट १ जना, नक्कली परीक्षार्थी ९ जना र नक्कली परीक्षार्थी पठाउने ६ जना पक्राउ परेका छन् ।
यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला र ५ नम्बर बाहिनी अड्डा कैलालीमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने ४ जना र अरु ३ वटा भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको अभियोगमा ४ जना गैर सैनिकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ । गएको साउन १३ गते सूचना निकालेर नेपाली सेनाले भर्ना छनोट प्रक्रिया सुरु गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।