कास्की क्षेत्र नम्बर २ मा रजनी केसी साझा पार्टीको उम्मेदवार

 कात्तिक ६, २०७६ बुधबार १४:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

मंगलबार र बुधबार पोखरामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता डाक्टर सूर्यराज आचार्यले जानकारी दिनुभयो ।

कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीले सबैभन्दा पहिले उम्मेदवारको टुंगो लगाएको हो ।  साझा पार्टीकी उम्मेदवार रजनी केसी लामो समयदेखि सामाजिक अभियन्ता रहेको पार्टीले जनाएको छ । उहाँले सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपाल परिवार नियोजन संघलगायत विभिन्न संघ संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुल्नु भएको छ ।

गएको वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उहाँ साझा पार्टीमा संलग्न हुनु भएको थियो । उहाँले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गर्नु भएको छ । लामाे समय कांग्रेसमा आबद्ध केसी पछिल्लाे केही समयअघि मात्रै साझा पार्टीमा प्रवेश गर्नु भएकाे हाे । 

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र नम्बर दुईमा सांसद पद रिक्त रहेको छ । अधिकारीले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट साझा उम्मेदवार बन्दै चुनाव जित्नुभएको थियो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया