सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ ।
घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो ।
घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई बुधबारबाटै कार्यान्वयनमा लैजान लागिएको पनि कोषले जनाएको छ ।
सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अब एउटा शव जलाएबापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन् भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानबापत डेढ लाख पाउनेमा पाँच लाख रुपैयाँ पुर्याइएको छ ।
१० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशबापत ५० हजार रुपैयाँ दिँदै आएकोमा अब उनीहरुले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई अवकाश पछि पाउने उपदान १ लाख रुपैयाँ बढाएर ३ लाख दिने सहमति गरिएको पनि बताउनु भयो ।
त्यसैगरी १५ वर्षभन्दा बढी सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपदान बापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पुर्याउने सहमति पनि गरिएको छ । यसैबीच, काठमाण्डौ महानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष डंगोलले १५ वर्षभन्दा बढी काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पुर्याउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यता, घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपदान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले कम्तिमा १० लाख उपादान दिने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषसँग माग पनि गरेका थिए ।
यसैबीच, पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्ने योजना पनि अघि सारेको छ । शव दहन गर्ने कार्यमा अवरोध आउन नदिन विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्न एउटा शव दहन गर्ने मेसिन थप गर्न लागिएको कोषका सदस्य सचिव ढकालले बताउनु भयो ।
हाल पशुपतिको विद्युतीय शवदाह गृहमा शव दहनका लागि २ वटा मेसिन राखिएको छ । त्यसलाई थप गरेर तीन वटा बनाउने कोषको योजना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।