न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
नयाँ दिल्ली – वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले हिमचितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
भारतको नयाँ दिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको स्पष्ट पार्नुभयो ।
हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रुपमा देखा परेको उहाँले बताउनुभयो ।
सरकार एक्लैको प्रयास सार्थक नहुने निश्कर्षसहित नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरुलाई एक हिस्सा बनाएको भन्दै उहाँले त्यो उपाय प्रभावकारी देखिएको अनुभव सुनाउनुभयो ।
यस्तै मन्त्री बस्नेतले हिमचितुवा संरक्षण र त्यस प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले हिमालयन अनुसन्धान केन्द्र स्थापनाको तयारी गरिरहेको जानकारी दिनुभयो । नेपालले १२ ओटा संरक्षण क्षेत्रसमेत घोषणा गरेको उहाँले बताउनुभयो ।
हिमचितुवा संरक्षणबाट पारिस्थितिकीय प्रणालीको रक्षाका साथै पर्याय पर्यटन र हिमालहरुको संरक्षणमा समेत टेवा पुग्ने विश्वास उहाँको थियो ।
नेपालले स्थानीय समुदायका अतिरिक्त संरक्षणमा सक्रिय निजी क्षेत्र तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई अझै फराकिलो पार्न चाहेको मन्त्री बस्नेतले स्पष्ट गर्नुभयो । उहाँले हिमचितुवाका अंगको अवैध निकासी रोक्न क्षेत्रीय संयन्त्र निर्माण गरिनुपर्ने प्रस्ताव राख्नुभयो ।
मन्त्री बस्नेतले हिम चितुवासहित वन्यजन्तुबाट ज्यान गुमाउने सदस्यका परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गरिँदै आएको अवगत गराउनुभयो । जलवायु परिवर्तनका कारण हिमालहरु पग्लने क्रम बढेकाले त्यसमा गम्भीर हुन पनि सबैलाई आग्रह गर्नुभयो ।
नेपालले हिमचितुवाको शिकार, अवैध निकासी तथा अंगहरुको व्यापारमा कडाइ गरेको उल्लेख गर्नुभयो । मन्त्री बस्नेतले नेपालले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपाल आउन पनि सहभागीहरुलाई निम्ता दिनुभयो ।
बैठकमा हिमचितुवा पाइने देशहरु नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मंगोलिया र रुस लगायत देशका प्रतिनिधि सहभागी छन् ।
नेपालको पूर्वमा कञ्चनजंघा संरक्षण पाँच सयभन्दा बढी छ । क्षेत्रदेखि पश्चिममा अपिनम्पासम्म हिम चितुवा पाइन्छ । नेपालमा हाल हिमचितुवाको संख्या पाँच सयभन्दा बढी छ ।