किजा पूजाका अवसरमा कात्तिक १३ गते सार्वजनिक बिदा

 कात्तिक ७, २०७६ बिहीबार १७:१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले नेवार समुदायले मनाउने किजा पूजा अर्थात भाइटीकाका अवसरमा कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले किजा पूजाका अवसरमा सार्वजनिक बिदा दिइने बताउनुभयो ।

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका कारण सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिन आग्रह गरेका थिए ।

नेवार समुदायको परम्पराअनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ । त्यो दिन नेवार समुदायले दिनभरि धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन् । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया